Section 14
यो ऐन प्रारम्भ हुनुभन्दा अघि दिई राखेका इजाजतपत्रहरुको मान्यता
यो ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल सरकार वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारीले चलचित्र निर्माण
गर्ने, वितरण गर्ने, प्रदर्शन गर्ने र चलचित्र घर निर्माण गर्ने सम्बन्धमा दिई राखेका सबै
इजाजतपत्रहरु यस ऐन बमोजिम दिइएको सरह मानिनेछ ।
तर यो ऐन प्रारम्भ हुनुभन्दा अघि इजाजतपत्र प्राप्त भईराखेका कुनै चलचित्र घरको
सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरु बमोजिम दर्शकहरुको सुरक्षा, स्वास्थ्य र
सुविधा सम्बन्धी पर्याप्त व्यवस्था नभएकोमा सो बमोजिम दर्शकहरुको सुरक्षा, स्वास्थ्य र
सुविधाको व्यवस्था गर्नको लागि त्यस्तो चलचित्र घरको धनीले यो ऐन अन्तर्गतको नियम प्रारम्भ
भएको मितिले दुई वर्षको म्याद पाउनेछ ।